Loktantra Khabar National Weekly
Ad

महाेत्तरीमा १३ कैदीको सजाय मिनाहा

लोकतन्त्र खबर
३ आश्विन २०८०

मंजित कुमार—
महाेत्तरी,असोज ३

संविधान दिवसको अवसरमा बुधबार महोत्तरी कारागारबाट १३ जना कैदी बन्दीको कैद सजाय मिनाहा गरि रिहा गरिएक छ ।

विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ५० प्रतिशत कैद अवधि पुरा गरेका १२ जना र ४० प्रतिशत कैद अवधि पुरा गरेको १ जना गरी जम्मा १३ जना कैदिहरुकाे कैद सजाय माफ गरिएको महाेत्तरी कारागार कार्यालयका प्रमुख रामचन्द्र साहले जानकारी दिएको छ।

संवैधानिक व्यवस्था अनुसार सरकारले देशभरका ६७० जना कैदीहरुलाई माफी दिइ सजाय मिनाहा गरिको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको भदौ २९ को सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी देशभरका ६७० जना कैदीहरु मध्ये महोत्तरी कारागारबाट १३ जना कैदीको कैद माफी भएको कारागार कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: