Loktantra Khabar National Weekly
Ad

शिक्षा विधेयकविरूद्ध सडकमा उर्लिए देशभरका शिक्षकहरू

लोकतन्त्र खबर
३ आश्विन २०८०

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ।

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।

अहिले शिक्षकहरू मार्चपास गर्दै बानेश्वर पुगेका छन्।

अहिले लगभग ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ। देशभरबाट लगभग १५ हजार बढी शिक्षकहरू आउने अनुमान गरिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: