Loktantra Khabar National Weekly
Ad

सर्लाहीका राहत शिक्षकहरुले जलाए विद्यालय शिक्षा विधेयकको प्रतिलिपी

लोकतन्त्र खबर
३१ भाद्र २०८०

मनोज यादव—
सर्लाही,भाद्र ३१

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलंगवा स्थित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको प्रांगणमा विद्यालय शिक्षा विधेयकको प्रतिलिपी जलाएका छन्।

गत २७ गते संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा राहत शिक्षकको माग तथा बुँदाहरुलाई सम्बोधन नगरिएकोले उक्त विधेयक समग्र शिक्षक कर्मचारीहरुको लागि प्रतिगामी भएको भन्दै नेपाल राहत शिक्षक केन्द्रिय समितिको आव्हानमा उक्त विधेयक जलाइएको हो।

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष बरुण कुमार सिंहले संसदमा पेश भएको उक्त विधेयकले शिक्षा क्षेत्रलाई धरासायी बनाउने भएकोले यसअघि भएका सम्झौताहरु समावेश गरि विधेयक ल्याउन सकारलाई आग्रह गरे।

अहिले पेश भएको विधेयकले राहत शिक्षक लगायत अन्य शिक्षकहरुको पेशागत विकास र संरक्षणमा वेवास्ता गरेको वताउँदै सो विधेयकलाई कालो विधेयकको रुपमा चर्चा गरे ।

साथै उनले नेपाल शिक्षक महासंघ द्वारा घोषणा हुने काठमाडौ केन्द्रित आन्दोलनको समर्थन र ऐतिहासिक सहभागीताको उद्घोष सहित हुने विरोध कार्यक्रमको बारेमा जानकारी गराउँदै सक्रियताका साथ सहभागी हुन आवह्वान गरे।

वि.सं. २०५२ देखी २०७० सालसम्म शिक्षक सेवा आयोग नखुलेका कारण सो समयमा शिक्षक आवश्यक पर्दा सरकारले राहत शिक्षकद्धारा पदपुर्ती गरेको थियो । अहिले देशभर ४० हजार राहत शिक्षक अध्यापनरत छन् ।

उक्त विधेयकको विरोधमा नेपाल राहत शिक्षक केन्द्रिय समितिले आगामी असोज ३ गतेवाट देशभरका विद्यालय बन्दको आव्हान समेत गरेको ।

कार्यक्रममा सर्लाही जिल्लाभरीका राहत तथा पेशागत शिक्षकहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: