Loktantra Khabar National Weekly
Ad

रुस पुगे किम

लोकतन्त्र खबर
२६ भाद्र २०८०

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले रुसको भ्लादिभोस्तोकमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन् । बुलेटप्रुफ रेलबाट यात्रा गरेर किम रुसी क्षेत्रमा पुगिसकेको बीबीसीले जनाएको छ ।

युक्रेनमा जारी युद्धका बेला रुसले उत्तर कोरियाबाट हतियार खोजिरहेको अमेरिकी आकलन छ । क्रेमलिनले दुई नेताबीच क्षेत्रीय र विश्वव्यापी मुद्दाका विषयमा भेटवार्ता हुने पुष्टि गरेको थियो ।

गएको जुलाईमा रुसी रक्षामन्त्री सर्गेई शोइगुले प्योङयाङको भ्रमण गरेपछि यो भेटवार्ता तय गरिएको अनुमान छ । सन् २०१९ मा पुटिनसँग भेटवार्ता गरेका किमको चार चार वर्षमा यो पहिलो विदेश यात्रा हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अन्तर्राष्ट्रिय रूपमा अलग्याइएको ‘उत्तर कोरियासँग सम्बन्ध राख्नु रणनीतिक असफलता’ भन्ने वासिङटनको चेतावनीको वास्ता नगर्ने बताएका छन् ।  बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: