Loktantra Khabar National Weekly
Ad

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

लोकतन्त्र खबर
२६ भाद्र २०८०

काठमाडौं  भदौ २६ , लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।

पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक, आर्थिक दैनिक, बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।

पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: