
काठमाडौँ — सन् १९७७ मा आजकै दिन (सेप्टेम्बर ७) मा पनामा नहरको नियन्त्रणसम्बन्धी सन्धि भएको थियो । अमेरिका र पनामाबीच भएको सन्धिअनुसार २० औं शताब्दीको अन्त्यदेखि अमेरिकाले पनामा नहरमाथिको नियन्त्रण त्याग्न सहमत भएको थियो ।
उक्त सन्धि अमेरिकी राष्ट्रपति जिम्मी कार्टर पनामाका शासक ओमार टोरियोसबीच भएको थियो ।
पनामा गणतन्त्रको साँघुरो घाटीमार्फत एट्लान्टिक र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर १९१४ को अगस्ट १५ देखि खुला भएको थियो ।
पहिलो पटक ‘एसएस एन्कन’ पानीजहाजले उक्त नहरबाट यात्रा गरेको थियो । ८० किलोमिटर लामो नहर वर्षौं लगाएर निर्माण गरिएको थियो ।
नहर निर्माणको जिम्मा लिएको फ्रान्सेली कम्पनीले १८८२ को जनवरीमा काम सुरु गरेको थियो । तर सोचेअनुसार कामको प्रगति नभएपछि १९०४ मेमा अमेरिकाले काम थालेको थियो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्: