
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्यो ।
श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र सीमित रहेन । यो खेलको क्रममा मैदानमा देखिएका क्याजुअल दृश्यले नेपाली फ्यानलाई मोहित तुल्याए । नेपालले ब्याटिङ गरिरहँदा भारतले फिल्डिङ गरिरहेको थियो ।
मंगलबार भारतीय अनलाइन पोर्टलहरुमा यो गीतमा विराटले गरेको डान्सले प्राथमिकता पाएको छ । टाइम्स अफ इन्डिया लगायतका मिडियाले नेपाली फिल्मको गीतमा विराटले गरेको डान्सलाई लिएर समाचार लेखेका छन् । ‘विराटले कहिल्यै पनि फ्यानसँग इन्गेज हुने मौका गुमाउँदैनन्,’ टाइम्स अफ इन्डियाले डान्सको क्लिप सेयर गर्दै लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्: