
१९ भदौ, काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।
जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिनुको खास कारण छ । भारतकै प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको जिम्मेवारी लिएसँगै उनले ह्याप्पी ड्रेसिङ रुमको माहोल सिर्जना गरेका छन् । त्यसही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका थिए ।
नेपालका प्रमुख प्रशिक्षक मोन्टीले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए । अनलाइन खबर