काठमाडौँ । २९ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘एक भगवत् गीता’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म विवादमा पर्न थालेको छ ।
दुई धार्मिक संस्थाले विवाद निम्त्याएपछि सोही विवाद मिलाउन मंगलबार चलचित्र विकास बोर्डको रोहबरमा दुई धार्मिक संस्थाले फिल्मको स्क्रिप्ट अध्ययन गर्ने भएका छन् । चलचित्र विकास बोर्डको रोहवरमा निर्माण कम्पनी सुनिलकुमार थापा प्रोडक्सन र ती दुई संस्थाबीच सोमबार भएको छलफल अनुसार मंगलबार स्क्रिप्ट अध्ययन हुन लागेको हो ।
छलफलमा मंगलबार चलचित्र विकास बोर्डमा स्क्रिप्ट हेरेर टुङ्गो लगाउने सहमति भएको निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।
‘बाहिर चर्चा भएजस्तो फिल्ममा विवाद हुने केही दृश्य छैन । त्यसैले विवाद टुङ्ग्याउन मंगलबार स्क्रिप्ट हेर्न सहमति भएको हो’ निर्माता थापाले भने ।
चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाले फिल्मको विवाद दुवै पक्षबाट स्क्रिप्ट अध्ययन गरेपछि निकास दिने सहमति भएको बताए ।
झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भगवत् गीता’मा विपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको शीर्ष भूमिकामा अभिनय छ । रातोपाटी
प्रतिक्रिया दिनुहोस्:

