
सर्लाही, भाद्र १८ । सर्लाहीको सदरमुकाम मलंगवामा गौ हत्याको विरुद्धमा सद्भाव ¥याली निकालिएको छ । विश्व हिंदु परिषद नेपालका युवा नेता धिरेन्द्र मिश्राको नेतृत्वमा सद्भाव ¥याली निकालिएको हो ।
केही दिन अगाडि धरानमा गोरु काटेर भोज गरिएको घटनालाई सनातन धर्म विरोधी गतिविधि भएको ठहर गर्दै सोमबार मलंगवामा ¥याली निकालिए थिए ।
सोमबार दिउँसो मलंगवा नगरपालिका वडा न–१० स्थित बाबा स्वामीको मठबाट तुल ब्यानर सहित निकालिएको ¥याली पुरानो बसपार्क, बालमन्दिर चौक तथा नगरपालिका चौक–मेन चौक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
हिन्दु राष्ट्र कायम गर, गाई काटन पाईदैन । गाईको संरक्षण गर । गाई काटनेलाई कारवाही गर जस्ता नाराहरु लगाउदै बिरोध प्रदर्शन गरिएको थियो ।
उक्त ¥यालीमा स्थानीय बुद्धिजिवी, साधुसंत, युवावर्ग, महिला लगायतको उल्लेख्य सहभागीता रहेको थियो । सो सद्भाव ¥यालीबाट समाजमा राम्रो संदेश जाने विश्वास लिएको आयोजकले बताएको छ ।