Loktantra Khabar National Weekly
Ad

सर्लाहीको पर्साबाटपेस्तोल लिएर नेपाल प्रवेश गर्दै गरेको २ जना पक्राउ

लोकतन्त्र खबर
३ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही, भाद्र ३
बोर्डर आउट पोस्ट संग्रामपुरको सशस्त्र प्रहरीको टोलीले पेस्तोल लिएर नेपाल प्रवेश गर्दै गरेको दुई जना ब्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न–६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन् ।
सशस्त्र प्रहरीको टोलीले उनीहरू दुबैलाई शनिवार राति बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा पर्सा गाउँपालिका वडा न–६ हुँदै भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट पेस्तोल र गोली भेटिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट नगद ११ हजार ६ सय ८० रुपैया र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: