Loktantra Khabar National Weekly
Ad

स्याङ्जामा अरिङ्गाल टोकेर युवकको मृत्यु

लोकतन्त्र खबर
१३ भाद्र २०८०

स्याङ्जा : अरिङ्गाल टोकेर बिरुवा गाउँपालिकाका २८ वर्षीय चेलीस श्रैष्ठको मृत्यु भएको छ। अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालको ठूलो समूहले टोकेको कारण उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

बिरूवा गाउँपालिका-१ किचनासका श्रेष्ठसहित ६ जना मिलेर मंगलबार साँझ घर नजिकैको जंगलमा अरिङ्गाल पोल्न गएका थिए। करिब ६० देखि ७० वटा अरिङ्गाल चिलेपछि घाइते श्रेष्ठको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। उनको हस्पिटलमा नै मृत्यु भएको प्रहरी भनाइ छ।

अरिङ्गाल पोल्नका लागि गएका अन्य ५ जना भने सकुशल रहेका बताइएको छ। गाउँघरमा अरिङ्गालको पोलो पोल्ने र खाने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस्: