Loktantra Khabar National Weekly
Ad

अक्षय कुमारकाे ओएमजी-२ काे २० सिन काटियाे

लोकतन्त्र खबर
१० श्रावण २०८०

मुम्बइ। अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ। यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ।

ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। तर, यस विषयमा निर्मातालाई कारण देखाउ सूचना पनि पठाइएको छ। स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उता दैनिक भास्करसँग भने फिल्मको निर्माण टिमले त्यस्तो केही नभएको बताएका छन्। चलचित्र परिमार्जन समितिले अहिलेसम्म नहेरेको फिल्म टोलीले जनाएको छ। समितिले आज २६ जुलाइमा हेरेर थप निर्णय गर्नेछ। तर, अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन। यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ ? भन्ने अनुमान गर्न गाह्रो छ।

अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरन्स’ भने आउन सकेको छैन। यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ।

ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ। हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन। अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ।

वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ। यस्तो अवस्थामा सेन्सर बोर्डले  ‘ओएमजी २’ समीक्षा समितिमा पठाएको छ। समीक्षा समितिको जवाफपछि सेन्सर बोर्डले फिल्मको भाग्य तय गर्नेछ।

साथै, बिबादका कारण ओएमजी २ को ट्रेलर पनि रिलिज हुन सकेको छैन। सेन्सर बोर्डबाट २७ गतेसम्म ‘क्लियरन्स’ नआएमा यो ट्रेलर पनि जुलाई ३१ सम्ममा रिलिज गर्ने तयारीमा छन्।

यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म  ‘ओएमजी’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्: