Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

लोकतन्त्र खबर
१० श्रावण २०८०

अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह आज बिहान ५:४५ बजे इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मृत फेला परेका सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।

गएराति ड्युटी सकेर इश्वरपुर नगरपालिका-६ बयलबासस्थित आफ्नो घर आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो।

उनी सवार बागमती प्रदेश-०२-०१६ प  ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको डिएसपी थारूले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको डिएसपी थारूले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: