Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा रुखबाट लडेर एक जनाको मृत्यु

लोकतन्त्र खबर
३ माघ २०७९

३ माघ, वीरगञ्ज  सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर  स्याङबाको मृत्यु भएको हो ।

सोमबार साँझ ६ बजे  रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान गरेको छ ।

शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र अन्य अनुसन्धानका कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: