Loktantra Khabar National Weekly
Ad

पोखरा विमान दुर्घटनाका मृतकप्रति मलंगवामा शोक सभा

लोकतन्त्र खबर
३ माघ २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ ३
सर्लाहीको सदरमुकाम मलंगवा स्थित सहिद चौकमा पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा मनाइएको छ ।

पोखरामा भएको उक्त दुःखद विमान दुर्घटनाले आफूहरूलाई शोकाकुल बनाएको बताउँदै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले  श्रद्धाञ्जली सभाको आयोजना गरि मृत आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको बताएका छन् ।

आइतवार बिहान यति एयरलाइन्सको जहाज पोखराको पुरानो  बिमानस्थलमा अवतरण गर्नै लाग्दा दुर्घटना ग्रस्त हुँदा विमानमा सवार ६८ जना यात्रु र२ जना चालक र २ जना एयर होस्टेज गरि ७२ जनाको दु:खद निधन भएको थियो ।

जिसस प्रमुख सिंहकाे नेतृत्वमा आयोजना भएको श्रद्धाञ्जली सभामा जिसस उपप्रमुख जितेन्द्र कुशवाहासहित  जिल्लाका ३ वटै तहका सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी,विभिन्न  राजनीतिक दलकाे प्रतिनिधि लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।
सभामा उपस्थितिहरुले मृत आत्माको चीर शान्तीको कामना गर्दै मैनबत्ती बालेर  श्रद्धाञ्जली ब्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: