Loktantra Khabar National Weekly
Ad

३७ हजार शेयर पुँजीबाट सुरु भएको सहरा पञ्चकन्याको शेयर पुँजी ८५ लाखभन्दा माथि पुग्यो

लोकतन्त्र खबर
३० पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही, पुस ३०

सहारा पञ्चकन्या बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष देवेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि सुरेन्द्रलाल कर्णले पानसमा बत्ती बालेर गरेका थिए। शुक्रवार आयोजना भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को आय व्यय प्रस्तुत गरिएको थियो।संचालक समितिको तर्फबाट अध्यक्ष यादवले स्थापना कालमा ३७ हजार शेयर पुँजीबाट कारोबार  सुरु गरेको यस  संस्थाको गत आर्थिक वर्ष रहेको शेयर पुँजी ७१ लाख ४४ हजार १०१ रुपैयाबाट बढोत्तरी भएर ८५ लाख ३७ हजार ३२० रुपैया पुगेको जानकारी गराउनुभयो। आ.व २०७८/०७९ को अवधिमा यस संस्थाले जम्मा १८ करोड १० लाख १९ हजार ८२७ रुपैया कारोबार गरेको अध्यक्ष यादवले जानकारी गराउनुभयो ।

संस्थाले यसै अवसरमा आफ्ना असल श्रृणी र उत्कृष्ट निक्षेप संकलनकर्ताहरुलाई कदरपत्रका साथ सम्मानित गरेका थिए ।

मलंगवा नगरपालिका वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि दिनेस राय,दिलिप कुमार झा तथा राजकुमार यादव,,लेखा समिति संयोजक रम्भादेवी झा,लेखा समिति सदस्य गोपाल साह,राजेश कुमार शर्मा,शमिम खान ,संचालक समिति सदस्य,शेयरधनी,बचतकर्ता र पत्रकारहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको संस्थाका प्रबन्धक सतिश कुमार वर्माले जनाएको छ ।

कार्यक्रमको संचालन राम लखन महतोले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: