Loktantra Khabar National Weekly
Ad

नेपाल रेडक्रस सोसाइटी मलंगवाको सभापतिमा दिनेश प्रसाद गुप्ता निर्वाचित

लोकतन्त्र खबर
२४ पुष २०७९


लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २३
नेपाल रेडक्रस सोसाइटी मलंगवा १,२,३ र ८ उपशाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट दिनेश प्रसाद गुप्ताको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ ।
ने.रे.सोसाइटी सर्लाही शाखाका महामन्त्री फणीभुषण प्रसाद सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न निर्वाचनबाट उपशाखाको महिला  उपसभापतिमा सुशिला अमात्य,सचिवमा नवीन कुमार झा,कोषाध्यक्षमा मुकेश कुमार मिश्र,उपसचिवमा सन्तोष कुमार राय,उपकाेषाध्यक्षमा राहुल प्रसाद गुप्ता र  सदस्यहरुमा संदिपा जयसवाल,ननिपत राय यादव,सुगन्ध कुमार गुप्ता,बिन्देश्वर राय तथा अमीत कुमार अग्रवाल सर्वसम्मतबाट निर्वाचित भएका छन् ।
निर्वाचन पश्चात् सोही दिन मलंगवा नगरपालिका वडा न-८ का वडाअध्यक्ष मुकेश कुमार जयसवाल लगायत रेडक्रस सोसाइटीका सदस्यहरुको उपस्थितिमा सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: