लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २३
मलंगवा जेसिज वर्ष २०२३ को अध्यक्षमा जेसी राम लखन महतो सर्वसम्मतिले चयन भएका छन् ।
जेसी शिवशंकर जयसवालको अध्यक्षतामा मलंगवा स्थित बालमन्दिरमा शुक्रवार सम्पन्न भएको २०२२ को अन्तिम साधारणसभा मार्फत महतोसहित अन्य पदाधिकारीहरु पनि सर्वसम्मतले चयन भएका छन् ।
निर्वाचनमा कार्यकारी उपाध्यक्षको पदमा जेसी समीर मिकरानी र जेसी राहुल प्रसाद गुप्ता तथा उपाध्यक्षहरुमा क्रमशः जेसी आदर्श सिंह,जेसी साजन जयसवाल,जेसी भुपेन्द्र यादव र जेसी सुजित वर्मालाई सर्वसम्मतले चयन गरिएको निर्वाचन अधिकृत समेत रहनु भएका मलंगवा जेसिजका भुपु अध्यक्ष जेसी सुवोधराजोपाध्यायले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: