Loktantra Khabar National Weekly
Ad

नेशनल प्याब्सनको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मलंगवाको साउथ प्वाइन्ट स्कुल प्रथम लोकतन्त्र समाचारदाता—– सर्लाही,पुस ९ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मलंगवाको साउथ प्वाइन्ट माद्यामिक आवासीय विद्यालय प्रथम भएको छ। एन.प्याब्सनको वार्षिकोत्सबको अवसरमा वडा न-१० स्थित शिवम इंग्लिस बोर्डिङ स्कुलमा आयोजना भएको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा संगठनमा आबद्ध सर्लाही जिल्लाभरीका ८ वटा विद्यालयहरु सहभागी भएका थिए ।जसमध्येबाट लालबन्दी-५ को क्याम्बर वेल स्कुल दृतिय र मलंगवा-६ खुटौनाको ब्लु स्काई एकेडेमी तृतीय भएका छन् । एन.प्याबसनका सर्लाही जिल्ला अध्यक्ष युवराज भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा विजयी प्रतियोगी तथा विद्यालयलाई प्रमुख अतिथि एन.प्याब्सनका मधेस प्रदेश उपसचिव के.एस फिगिसन र विशिष्ठ अतिथि मधेस प्रदेश सह-कोषाध्यक्ष सन्तु प्रसाद जैसवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। सनफ्लावर बोर्डिङ स्कुल मलंगवा -४,साउथ प्वाइन्ट मलंगवा-३,विद्या सागर अ.आ.वि मलंगवा-४,ब्लु स्काई एकेडेमी खुटौना,शिवम इ.बो.स्कुल मलंगवा-१०,बेबिलोन एकेडेमी बागमती न.पा-११,क्याम्बर वेल लालबन्दी न.पा-५ र युनिक चन्द्रज्योती बरहथवा न.पा-७ लगायतका विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रममा एन.प्याबसनका मलंगवा नगर संयोजक विरेन्द्र कुमार सिंह,नगर कोषाध्यक्ष अखिलेश्वर प्रसाद यादव,सदस्य राम आधार यादव,जिल्ला सचिव रबी कुमार राय,जिल्ला सदस्य विनोद प्रसाद यादव ,नगर सह-संयोजक शत्रुधन प्रसाद साह लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। Manoj yadav

लोकतन्त्र खबर
१० पुष २०७९

लोकतन्त्र समाचारदाता—–
सर्लाही,पुस ९
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले  सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मलंगवाको साउथ प्वाइन्ट माद्यामिक आवासीय विद्यालय प्रथम भएको छ।
एन.प्याब्सनको वार्षिकोत्सबको अवसरमा वडा न-१० स्थित शिवम इंग्लिस बोर्डिङ स्कुलमा  आयोजना भएको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा संगठनमा आबद्ध सर्लाही जिल्लाभरीका ८ वटा विद्यालयहरु सहभागी भएका थिए ।जसमध्येबाट लालबन्दी-५ को क्याम्बर वेल स्कुल दृतिय र मलंगवा-६ खुटौनाको ब्लु स्काई एकेडेमी तृतीय भएका छन् ।
एन.प्याबसनका सर्लाही जिल्ला अध्यक्ष युवराज भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा  विजयी प्रतियोगी तथा विद्यालयलाई प्रमुख अतिथि एन.प्याब्सनका मधेस प्रदेश उपसचिव के.एस फिगिसन र विशिष्ठ अतिथि मधेस प्रदेश सह-कोषाध्यक्ष सन्तु प्रसाद जैसवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
सनफ्लावर बोर्डिङ स्कुल मलंगवा -४,साउथ प्वाइन्ट मलंगवा-३,विद्या सागर अ.आ.वि मलंगवा-४,ब्लु स्काई एकेडेमी खुटौना,शिवम इ.बो.स्कुल मलंगवा-१०,बेबिलोन एकेडेमी बागमती न.पा-११,क्याम्बर वेल लालबन्दी न.पा-५ र युनिक चन्द्रज्योती बरहथवा न.पा-७ लगायतका विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रममा एन.प्याबसनका मलंगवा नगर संयोजक विरेन्द्र कुमार सिंह,नगर कोषाध्यक्ष अखिलेश्वर प्रसाद यादव,सदस्य राम आधार यादव,जिल्ला सचिव रबी कुमार राय,जिल्ला सदस्य विनोद प्रसाद यादव ,नगर सह-संयोजक शत्रुधन प्रसाद साह लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: