Loktantra Khabar National Weekly
Ad

मलंगवामा जनजागरण युवा क्लब बाराको संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
६ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ६
युरेपियन युनियन र युकेएडको आर्थिक सहयोग तथा भिएसओको नेतृत्वमा मलंगवा नगरपालिका सँगको समन्वयमा जनजागरण युवा क्लब बारा (JJYC)द्वारा संचालित “सहयात्रा”परियोजना अन्तर्गत स्थानीय तहमा पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
शिक्षा क्षेत्रमा नीतिगत सम्वाद तथा पैरवी गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक मनोज यादवले जानकारी दिनुभयो।
मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको प्रमुख आतिथ्यता, क्लबका उपाध्यक्ष राजदेव साहको अध्यक्षता तथा भिएसओ नेपालका जिल्ला परियोजना अधिकृत जगदिप बण्ठाको विशिष्ट अतिथीमा सम्पन्न भएको कार्यक्रममा मलंगवा नपा अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुख,वडाअध्यक्ष लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो।उपस्थित अतिथिहरुले कार्यक्रमको विषयबस्तु माथि  आआफ्नो धारणा राख्दै छलफल गरेका थिए।
मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रेरणाका मंगल साहले गरेका थिए भने विषयवस्तु वारे प्रस्तुतिकरण जनजागरण युवा क्लबका कार्यक्रम व्यवस्थापक यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: