Loktantra Khabar National Weekly
Ad

शिक्षक र विद्यार्थीहरुले गरे १५० किलोमिटर साइकल यात्रा

लोकतन्त्र खबर
३ पुष २०७९

लोकतन्त्र समाचारदाता(((

सर्लाही,पुस ३

“श्भचय भहउभलकभ, भत्रगष्तबदभि ७ भअय(ाचष्भलमथि अथअभि तयगच द्दण्ठढ”भन्ने नारा दिएर सर्लाहीका शिक्षक तथा विद्यार्थीहरुले सनिवार १५० किलोमिटर लामो साइकल यात्रा गरेका छन् । बिद्यार्थी तथा शिक्षकले शनिवार वातावरणमैत्री साईकलयात्रा गरेका छन ।

जिल्लाको बरहथवा नगरपालिका वडा न(१० सितापुर स्थित श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनिया मा।वि का  शिक्षक तथा विद्यार्थीहरुले वातावरण मैत्री साईकल यात्रा गरेका हुन्।

उक्त विद्यालयका शिक्षकहरु सहित १६० जनाभन्दा बढी विद्यार्थीहरुहरुले सनिवार बिहान ७ बजे बिद्यालयको प्रांगणबाट सुरु गरेको साइकल यात्रा बरहथवा बजार,सोल्टी बजार, बागमति नगरपालिका स्थित माछा पोखरी ९भरत ताल०,पर्यटकीय क्षेत्र नुनथर, मुर्तियाको बिहानी बन र मुक्तेश्वरनाथ मन्दिर हुँदै बेलुका ५ बजे पुनः बिद्यालयकै प्रांगणमा आएर यात्रा  सम्पन्न भएको साइकल यात्राका सहभागी एवं शिक्षक शम्भु कुमार रायले जानकारी दिए । उनले आफुहरुको साईकल यात्रा निकै रमाईलो र उत्साहजनक रहेको बताएका छन् ।

 

बिहानको ७ बजेबाट बेलुकी साँडे ५ बजेसम्म यात्रा गरेका यात्रीले उनिहरुले बिद्यालयले बिद्यार्थीलाई कितावी ज्ञानमात्रै भन्दा पनि यस्ता अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनुपर्ने धारणा समेत ब्यक्त गरेका थिए ।

यस किसिमको क्रियाकलापहरुबाट विद्यार्थीहरुको अतिरिक्त ज्ञानमा वृद्धि भई आन्तरिक पर्यटनलाई समेत टेवा पुग्ने साइकल यात्राका संयोजक एवं सहायक प्रधानाध्यापक राम वचन रायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: