Loktantra Khabar National Weekly
Ad

कुहिरो लाग्न सुरु भएपछि चिसो बढ्यो,सजग रहन डाक्टरहरुको सुझाव

लोकतन्त्र खबर
२९ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २९
ढिलै भएपनि तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएको छ। बिहानैदेखि हुसु लाग्न थालेपछि चिसो पनि अत्याधिक बढेको छ।
केही दिन अगाडीसम्म बिहान हल्का हुस्सु लाग्ने गरेको र दिउँसो घाम लाग्दै आएकोमा बुधबारदेखि बिहानैदेखि बाक्लो हुस्सु लागेर दिउँसोपख पनि मधुरो घाम लाग्न थालेको छ।
एकाएक चिसो बढेपछि सबैभन्दा बढी नदि किनार र झुपडीमा बस्दै आएका विपन्न तथा सुकुम्बासी परिवार प्रभावित हुन थालेका छन् ।ठाउँको अभावमा उनीहरूलाई बस्तुभाउलाई समेत चिसोबाट बचाउन समस्या भइरहेको छ।
यस्तोबेला पुरै शरिर ढाक्ने न्यानो लुगा लगाउन, तातो र झोलिलो खानेकुरा खान र आवश्यक काम बाहेक घर बाहिर ननिस्कन डाक्टरहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: