Loktantra Khabar National Weekly
Ad

इन्गेज परियोजनाको जिल्ला स्तरीय सिकाई आदान प्रदान तथा बहिर्गमन कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
२७ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—-
सर्लाही,मंसिर २७
सर्लाही जिल्लाको मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा संचालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम(इन्गेज)परियोजनाको जिल्ला स्तरीय सिकाई आदान प्रदान तथा बहिर्गमन कार्यक्रम सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
कार्यक्रममा विगत चार वर्षदेखि  प्रेरणा,भि.एस.ओ र एच.आइ को साझेदारीमा मलंगवा र कौडेनामा  संचालित इन्गेज परियोजनाको संचालन गर्दा आएका समस्या र ती समस्याहरुको निराकरण ,त्यसबाट प्राप्त सफलता तथा उपलब्धिहरुको बारेमा जानकारी गराइएको थियो। यसै अवसरमा परियोजना संचालनको क्रममा सहयोग पुर्याउने ब्यक्ति तथा संघसंस्थाहरुलाई मायाको चिनोको साथै मलंगवा नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार यादव र कौडेना गापाको तर्फबाट प्रप्रअ शम्भु यादवले पनि परियोजनाका साझेदार संस्थाहरु(प्रेरणा,भिएसओ र एचआई)लाई कदरपत्र ले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यस किसिमको परियोजनाबाट दुवै पालिकाका सयौं बालबालिका सहित सयौ घर परिवार लाभान्वित भएको र यसले राज्यको काममा सघाएको भन्दै परियोजनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
सन् २०१८ देखि संचालन भएको यस परियोजनाबाट मलंगवा र कौडेनाका १० वर्षदेखि १९ वर्ष उमेर समूहका जम्मा ९१९ जना बालबालिका तथा अपाङ्गता भएका किशोर-किशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको परियोजनाकी ठुली दिदी सोविता यादवले जानकारी दिए।
खुस्बु राय,सहनाज खातुन,काजल पटेल,मनिषा कुमारी सहनी लगायतले      परियोजनाबाट प्राप्त उपलब्धि र सफलताको कथा सुनाएका थिए।
जिल्ला समन्वय समितिका सभापति कौशल सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरु कविकासी नपा का मेयर ब्रम्हदेव राय,हरिपुर्वा नपाका मेयर विनोद साह,बलरा नपाका मेयर रामाशंकर कुशवाहा,कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र अतिथिहरु नागरिक समाजका शिवचन्द्र चौधरी,विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख ,स्वास्थ्य शाखा प्रमुख ,आइटी शाखा प्रमुख,साझेदार संस्थाका पदाधिकारी,परियोजना सँग सम्बद्ध व्यक्ति लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य प्रेरणाका अध्यक्ष विमला धिमिरेले राख्नु भएको थियो भने  कार्यक्रमको संचालन प्रेरणाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: