Loktantra Khabar National Weekly
Ad

मलंगवा-८ मा व्युटिसियन तथा कम्पियुटर तालिम शुरु

लोकतन्त्र खबर
२५ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २५
मलंगवा नगरपालिका वडा न-८ ले वेरोजगार युवतीलाई आत्मनिर्भर बनाउनका लागि व्युटिसियन तालिम सोमबारबाट सुरु गरेको छ।
वडा न-८ को वडा स्तरीय वार्षिक कार्यक्रम अनुसार महिलाहरुको सीप विकास तथा स्वरोजगार श्रृजनाको लागि उक्त तालिम दिन सुरु गरेको वडा अध्यक्ष मुकेश जयसवालले जानकारी दिएको छ।
मंसिर २६ गतेदेखि पुस २६ गते सम्म संचालन हुने यस तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागी रहेको र उनीहरूलाई शर्मिला दाहालले प्रशिक्षण दिइरहेको वडाअध्यक्ष जयसवालले जनाएको छ।
यसै वडाको आयोजनामा २ महिने कम्पियुटर तालिम समेत संचालन भइरहेको छ।२० जना प्रशिक्षार्थीहरु सहभागी रहेको यस तालिममा मैक्स प्रो कम्पियुटर एण्ड टेक्नोलोजी मलंगवाका प्रशिक्षक मो.नजुरुद्दिनले सहभागीहरुलाई प्रशिक्षण दिइरहेको वडा न-८ को वडा कार्यालयले जानकारी दिएको छ।
यो तालिम मंसिर २७ गतेदेखि माघ २७ गतेसम्म चल्ने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: