Loktantra Khabar National Weekly
Ad

प्रेरणा द्वारा कौडेना गाउँपालिकालाई इंगेज परियोजनाको हस्तान्तरण

लोकतन्त्र खबर
२० मंसिर २०७९

लोकतन्त्र समाचारदाता–––
सर्लाही,मंसिर २० विगत ४ वर्षदेखि प्रेरणा,भि.एस.ओ र एच.आइ को साझेदारीमा जिल्लाको कौडेना पालिकामा संचालित किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम (क्ष्ल्न्ब्न्भ् उचयवभअत)को समीक्षा गरि उक्त कार्यक्रम पालिकालाई हस्तान्तरण गरिएको छ। सन् २०१८ को अगस्ट देखि सुरु भई सन् २०२२ को डिसेम्बर महिनामा फेजआउट हुन लागेको उक्त प्रोजेक्टको मंगलबार कौडेना वडा न–३ स्थित शिवशक्ति सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रेरणाका कार्यकारी निर्देशक कपिल पोखरेलले ७ वटै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,सरोकारवाला लगायतको रोहवरमा गापा उपप्रमुख नगिना देवी यादव र प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवलाई हस्तान्तरण गर्नुभएको छ। दिगोपनाको लागि संचालन भइरहेको कार्यक्रमहरु विद्यालय जाने बालबालिकालाई निरन्तरता दिन ,विभिन्न सीपहरु सिकेका बालबालिकाहरुलाई निरन्तरता दिन,सामुदायिक सिकाई केन्द्रलाई निरन्तरता दिन,बालिका तथा सामाजिक शिक्षा संजाललाई निरन्तरता दिन,अपाङ्गता भएका बालबालिकाहरुलाई दिइने सरसहयोग लाई निरन्तरता दिन भन्दै प्रोजेक्ट हस्तान्तरण गरेको प्रेरणाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले जानकारी दिनुभयो । गापा उपप्रमुख नगिना देवी यादवको अध्यक्षता तथा प्रमुख प्रसासकीय अधिकृत यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा न१ देखि ७ सम्मका वडाअध्यक्षहरु,प्रोजेक्टसँग सम्बन्धि व्यक्तिहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। यसै कार्यक्रममा प्रोजेक्टको समीक्षा समेत गरिएको थियो ।उक्त कार्यक्रम मार्फत नगर उपप्रमुख यादवले यसलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्: