Loktantra Khabar National Weekly
Ad

“महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो एक्यवद्धता”–महिला स्वास्थ्य स्वयंसेविक दिवस

लोकतन्त्र खबर
२० मंसिर २०७९

मनोज यादव––––
सर्लाही,मंसिर २०। मंसिर १९ अर्थात महिला स्वास्थ्य स्वयसेविकाहरुको विशेष दिनको रुपमा रहेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंमसेविका दिवस देशभरसहित सर्लाहीमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइएको छ। यसै क्रममा सर्लाहीको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाले पनि १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंमसेविका दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएको छ। दिवसको अवसरमा अनुकुल,प्रतिकुल जनुसुकै मौसमको प्रवाह नगरि आम नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सम्बन्धि सेवा तथा सल्लाह प्रदान गर्दै आएका यस नगरपालिकामा कार्यरत ९० जनाभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगर प्रमुख देवेन्द्र कुमार यादवले उनीहरुले प्रदान गर्ने सेवाको समयमा काम लाग्ने विभिन्न आवश्यक सामाग्रीहरु प्रदान गरि सम्मानित गरेका थिए। “महिला सामुदायिक स्वास्थ्य स्वयंं सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो एक्यवद्धता”भने मूल नाराका साथ स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख यादवले सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको प्रसंसा गरेका थिए।उनले नेपालमा बालबालिका र मातृ मृत्यु दर घट्नुमा स्वास्थ्य स्वंयसेविकाहरुको अहम भूमिका रहेकोले उनीहरूको मनोबल उच्च राख्न कदर स्वरुप यो दिवस मनाउँदै आइरहेको बताए। स्वास्थ्य संयोजक प्रमोद पंडितले निःस्वार्थ रुपमा समाजको सेवा गर्नु नै स्वास्थ्य स्वंयसेविकाहरुको कर्तव्य रहेको बताए । साथै उनले समयको पालना, अनुशासन र इमानदारितालाई विशेष ध्यान दिएर आफ्नो कर्तव्य पालना गर्न समेत कार्यक्रममा उपस्थिति महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्: