Loktantra Khabar National Weekly
Ad

ईमानदारीता पुर्बक अाफनाे कर्तव्य निर्बाह गर्न मेयर यादवकाे स्वयंसेविकालाई निर्देशन

लोकतन्त्र खबर
१९ मंसिर २०७९

बखतियार अलि –

सर्लाही १९ मंसिर । ईमानदारीता पुर्बक अाफनाे कर्तव्य निर्बाह गर्न मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले महिला स्वास्थ स्वयंसेविकालाई निर्देशन दिनु भएकाे छ । १९ अाैं महिला स्वास्थ स्वयंसेविका दिवसकाे अवसरमा मेयर यादवले याे कुरा बताउनु भएकाे हाे । महिला स्वास्थ स्वयंसेविकाले लगन र मेहनतका साथ सेवा प्रदान गरि रहेकाेले मेयर यादवले महिला स्वास्थ स्वयंसेविकाहरूकाे प्रशंसा समेत गर्नु भयाे । मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गाैतमले १९ अाैं महिला स्वास्थ स्वयंसेविका दिवसलाई सम्बोधन गर्दै पुर्ण खाेप जिल्ला घाेषणा हुनुमा महिला स्वास्थ स्वयंसेविकाहरूकाे भुमिका महत्त्वपूर्ण रहेकाे बताउनु भयाे ।

मलंगवा नगरकाे तल्लो तहमा महिला स्वास्थ स्वयंसेविकाले अाफनाे मेहनत र लगनले पुर्न खाेप अभियानमा पुर्याउनु भएकाे याेगदान लाई पालिकाले कदर गर्दै महिला स्वास्थ स्वयंसेविकाहरूकाे स्तर उन्नति तथा क्षमतावृद्विका लागि अाउने समयमा हामिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गाैतमले बताउनु भयाे । महिला स्वास्थ स्वयंसेविकाहरूकाे सहयाेगका लागि पालिका हरसम्भव सहयाेग गर्न तयार रहेकाे पनि प्रमुख प्रशासकीय अधिकृत गाैतमले बताउनु भयाे ।

यसै अवसरमा अाज नगरप्रमुख यादवले मलंगवा नगरपालिकाबाट संचालित खाेप केन्द्रकाे समेत उदघाटन गर्नु भएकाे छ । ४ जना कलिला बालबालिकाहरूलाई अाफै खाेप खुवाई खाेप केन्द्रकाे मेयर यादवले उदघाटन गर्नुभयाे । नगरपालिका भवनकाे पुर्बमा रहेकाे सभा केन्द्रबाट प्रत्येक साेमबार बिहान १० बजे देखि दिउसाे २ बजे सम्म नगरका बालबालिकाहरूलाई सबै खाले खाेप बितरण यश केन्द्रबाट हुने कार्यालयका सुचना अधिकृत राजकुमार अधिकारीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: