Loktantra Khabar National Weekly
Ad

हलमा लाग्यो रिस्ता बस्नेतको ‘पासो’

लोकतन्त्र खबर
१६ मंसिर २०७९

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘पासो’ देशव्यापी प्रदर्शनमा आएको छ । चुनाव र विश्वकप फुटबलको माहोलबीच अन्य फिल्म रिलिज नभएको बेला यो थ्रिलर फिल्म हलमा लागेको हो ।

रिस्ता बस्नेत, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाश अभिनित फिल्मलाई आरबी पुनले निर्देशन गरेका हुन् । फिल्मको लम्बाइ १ घण्टा ३२ मिनेट छ ।

थ्रिलर तथा ड्रामा जनरामा राखिएको फिल्मले अपहरणपछि बाकसमा बन्धक बनाइएका दुई युवती सरु र प्रमिलाले त्यहाँबाट भाग्न गर्ने संघर्षको कथा फिल्मले पेस गर्छ । नारीप्रधान फिल्म भएकाले महिला दर्शकलाई पनि फिल्म रुचिकर हुनसक्छ ।

सिंगल रिलिजको मौका पाएको फिल्मले यदि सकारात्मक समीक्षा प्राप्त गर्न सक्यो भने व्यावसायिक सफलताको बाटो खुला छ । यतिबेला हलहरु सुनसान छन् र दर्शकलाई हलसम्म तान्ने फिल्मको खडेरी परेको छ । यस्तो बेला ‘पासो’ प्रदर्शन भएको हो ।

हलमा अहिले दृश्यम २, भेडिया, महापुरुष, उचाइ, ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर प्रदर्शनरत छन् । अर्को साता नम्रता सापकोटा र भोलाराज सापकोटा स्टारर ‘डेसान’ पनि प्रदर्शनरत छ ।

पुस १ गतेपछि मात्र ठूला फिल्म रिलिज तयारीमा छन् । उक्त मितिमा विश्वकै प्रतीक्षित फिल्म अवतार २ र हिन्दी फिल्म ‘सर्कस’ रिलिज हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्: