Loktantra Khabar National Weekly
Ad

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

लोकतन्त्र खबर
९ मंसिर २०७९

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ ।

‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् ।

फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको पनि अभिनय छ । फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: