Loktantra Khabar National Weekly
Ad

रायको व्यस्तता चुनावी घरदैलोमा, बढ्दै जनसमर्थक

लोकतन्त्र खबर
२८ कार्तिक २०७९

लोकतन्त्र समाचारदाता–
सर्लाही २८ र्काित्र्तक । सर्लाही क्षेत्र नम्बर २ को (क) मा पर्ने गाउँपालिका लगायत विभिन्न वडामा सोमबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । सर्लाही क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार जंगीलाल रायले विभिन्न वडामा घरदैलो गरेका हुन् ।

चुनावी घरदैलोका क्रममा पुगेका विभिन्न वडामा पुगेका उम्मेदवारलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका थिए । साथै स्थानीय मतदाताहरुलाई रायले निर्वाचनमा जितेपछि प्रभावकारी रुपमा काम गरेर देखाउने प्रतीबद्धता जाहेर गरेका थिए ।

मतदातासंगको भेटघाटका क्रममारायले विगतको पाँच वर्षमा आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह समेत गरे । आफु चुनाव जितेर क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनसेवक भएकोले मत दिन आग्रह पनि गरे । सोमबारको घरदैलो कार्यक्रममा स्थानियबासि मतदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्: