Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा मदिराजन्य पदार्थ बिक्रि बिवरण र सेवनमा रोक, बिक्रि बिवरण र सेवन गरेको पाईए ठाउको ठाउ कार्वाही हुने–सप्रजिअ अधिकारी

लोकतन्त्र खबर
२७ कार्तिक २०७९

बखतियार अलि–
सर्लाही २७ कार्तिक । सर्लाही जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको छ । कार्तिक २७ गते आईतवार देखि लागु हुने गरि निर्वाचन सम्बन्धी सम्पुर्ण कार्य सम्पन्न नहुनजेल सम्म जिल्ला भर मादक पदार्थ ओसारपसार, बिक्रीबितरण र सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले लोकतन्त्रलाई जनाएको छ ।

आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सुचना जारी गरिएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचना पत्रमा मतदानको कार्य सम्पन्न नभए सम्मका लागि सर्लाही जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको वहाले बताए ।

ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले मदिराको बिक्री तथा सेवनमा रोक लागेका कारण निणर्य कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारण र सरोकारवालहरुसँग समेत आग्रह गर्नु भएको छ । तर यता सर्लाही जिल्ला तथा मुख्यतह सदरमुकाम मलंगवामा भने खुलियाम मदिराजन्य पदार्थ बिक्री वितरण भई रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: