बखतियार अलि
सर्लाही २२ भदौ, । १९ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ सर्लाहीमा मनाएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने यस वर्षको नाराका साथ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाएको छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा आज बिहान सर्लाहीको सदरमुकाम मलंगवामा प्रभात फेरि सहित जिल्ला समन्वय समितिको परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रको सभापतित्व र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यमा १९ औं निजामती सेवा दिवस मनाएको हो । दिवसको अवसरमा यसै वर्ष सेवा नृवित भएका ७ जना कर्मचारीहरुलाई कदर पत्र सहित सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो । सम्मानित हुने ७ जना कर्मचारीहरुमा चक्रघटटा गाउपालिकाका लेखापाल शिवशंकर प्रसाद कुशवाहा, चन्द्रनगर गाउपालिकाका पुर्व प्रशासकीय अधिकृत हरिकान्त लाल कर्ण, जिल्ला अदालतका पुण्यदेव मण्डल, चक्रघटटा गाउपालिकाका राजेश्वर प्रसाद साह, लालबाबु प्रसाद साह, बिरेन्द्र झा र किशोरी राय यादव रहेको छ । सम्मानित सबै सेवानृवित कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्र र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सामुहिक रुपमा फुलमाला अबिर लगाई कदर–पत्रबाट सम्मानित गर्नु भएको थियो ।
१९ औं निजामती सेवा दिवस २०७९ को ब्यानर वाचन गरेर सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिवसको उदघाटन गर्नु भएका थिए ।
दिवसको अवसरमा शुभकामना तथा स्वागत मन्तव्य कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव सुनिल कुमार कुशवाहाले व्यतm गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने हौसला यो दिवसले दिएको भन्दै सचिव कुशवाहाले कार्यक्रममा उपस्थित भएका सबैलाई स्वागत गर्नुभयो ।
जिल्ला समन्वय समिति सर्लाहीको परिसरमा आयोजित विशेष समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान यस वर्ष प्राविधिक कठिनाईले गर्न सकिएन नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले बताउनु भयो । यस वर्ष कर्मचारीको छनोट गर्न भने सकेन । तर अर्को वर्ष उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले प्रतिबद्धता व्यतm गर्नुभयो ।
निजामती सेवा दिवसको अवसरमा सरकारी कार्यालयहरुमा दिपावली गर्ने, प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल बितरण लगायतका कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको छ । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आफनो मन्तव्यमा सेवाग्राहीको करबाट तलब भत्ता बुझने सबै कर्मचारीले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभयो । सरकारले कर्मचारीहरुलाई सबै सेवा दिएपनि राष्ट्रभतm कर्मचारीहरु प्रति समाजमा स्थापित हुदै गएको नकारात्मक सोचलाई कर्मचारीहरुले सबल र सार्थक सेवा दिएर जनताको नुनको कर्ज चुकाउनु पर्ने बेला भएको वहाले आफनो सम्बोधनमा बताउनु भयो । आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले समापन मन्तव्य राखदै कुनैपनि कर्मचारीलाई बिना कारण गाली अनाहकमा गालीबेईज्ती गर्ने व्यतिmलाई कानुनी कार्वाही हुनुपर्नेमा उहाले जोड दिनु भयो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम कर्मचारीहरुको संरक्षक भएको हैसियतले कर्मचारीहरुको दुख, पिडा वहाले बुझनु पर्ने अध्यक्ष झाले आग्रह समेत गर्नुभयो । निजामती सेवा दिवसको अवसरमा मलंगवा स्थित सगरमाथा आवासीय स्कुलका छात्रछात्राहरुले नृत्य प्रस्तुतीकरण र राष्ट्र गानको वाचन साजबाजका साथ गरेकोले र निजामती सेवा दिवसको अवसरमा सहयोग पुर्याए वापत स्कुलका प्र.अ. तिलक कुमार क्षेत्रीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका सचिव सुरेन्द्र महतोले गर्नु भएको थियो ।