Loktantra Khabar National Weekly
Ad

सुनको भाउ १ सय घट्यो

लोकतन्त्र खबर
९ जेष्ठ २०८१

काठमाडौं जेठ ९, सुनको भाउ बुधबार तोलामा १ रुपैयाँ घटेको छ । हिजो १२ सय रुपैयाँ घटेको थियो । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।

यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता १३ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ बढेको छ ।

हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: