Loktantra Khabar National Weekly
Ad

२ सय रुपैयाँ बढ्यो सुन

लोकतन्त्र खबर
२४ बैशाख २०८१

काठमाडौं वैशाख २४ , सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार भने १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो । सुनको भाउले वैशाख ९ गते प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ हजार ६४० मा कारोबार भएको चाँदी सोमबार १ हजार ६६० रुपैयाँ पुगेको छ ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: