Loktantra Khabar National Weekly
Ad

सहारा मल्टीपर्पसको निक्षेप संकलन १ अर्ब ७१ लाख ७७ हजार भन्दा बढि

लोकतन्त्र खबर
२६ पुष २०८२

लोकतन्त्र समाचाराता–
सर्लाही २६ पौष । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको सहारा मल्टीपर्पसको अपरेटिभ सोसाईटी लिमिटेडले २२ औ वार्षिक साधारसभा सम्पन्न गरेको छ ।

 

देशका १२ भन्दा बढि जिल्लामा सेवा केन्द्र संचालनमा रहेको सहारा मल्टीपर्पसको अपरेटिभ सोसाईटी लिमिटेडको ऋण लगानी ७३ करोड बढि पुगेको छ ।

 

संस्थाको २२ औ वार्षिक साधारसभामा संचालक समितिको तर्फबाट आ.व.०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कार्यकारी अध्यक्ष वहि अहमद मिकरानीले संस्थाको ऋण लगानी रु. ७३ करोड ७३ लाख २९ हजार २ सय ३८ रुपैया पुगेको बताएका थिए ।

 

सर्लाहीको मलंगवा स्थित जानकी पार्टी प्यालेसको सभाहलमा भएको सभामा अध्यक्ष मिकरानीले संस्थाको कुल सेयरपुजी ५ करोड ७२ लाख ८ हजार ९ रुपैया, जगेडा कोष रकम ५४ लाख ८६ हजार १ सय ४५ रुपैया र संस्थाको कुल निक्षेप बचत रकम १ अर्ब ७१ लाख ७७ हजार ६ सय २९ रुपैया रहेको जानकारी गराए ।

 

जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहाले प्रमुख अतिथिको आसन ग्रहण गर्दै विगतका दिनमा सहकारी संस्थाले देश र समाजलाई धानेको बताउदै सहकारी संस्थाको उनले प्रशंसा गर्नुभयो ।

 

मिटर ब्याज पिडितको कुराहरु उजागर भएपछि गाँउ समाजमा साहु महाजनले गरिब दुखिलाई ऋण दिन बन्द गरेपछि यसतो विकट समयमा देशका सहकारी संस्थाले सरल र सुलभ ऋण प्रवाह गरेर मध्यम वर्ग लाई ठुलो सहयोग गरेको उपप्रमुख कुशवाहाले बताए ।

 

वार्षिक सभामा संस्थाका मुख्य प्रबन्धक सुनिल गुप्ताले ऋण रकम तिर्नु नपर्ने, २० लाख सम्मको ऋण रकम मिनहा हुने जस्तो दुर्गा प्रसाईं लगायतका समुहले बजारमा फैलाईएको झुठो तथा भ्रामक हल्लाको पछाडि नलाग्न संस्थाका ऋणी सदस्यहरुलाई आग्रह गरे ।

 

मुख्य प्रबन्धक गुप्ताले ऋणी सदस्यहरुबाट १० करोड भन्दा बढि व्याज रकम उठाउन बाकी रहेको बताउदै त्यस्ता खराब ऋण असुली गर्न संस्थाले व्याज हर्जानामा केही छुट दिएर उक्त रकम असुली गर्न तयारी भईरहेको जानकारी गराए । देश भरिमा १२ वटा सेवाकेन्द्रहरु संचालन गरि रहेका संस्थाले मधेश प्रदेशका थप ५ स्थानमा सेवाकेन्द्रहरु बिस्तार गर्ने प्रस्ताव अगाडि सारेको छ ।

 

सभामा संस्थाले आ.व. ०८१÷८२ को वार्षिक प्रतिवेदन तथा आ.व. ०८३÷८४ को अनुमानित वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा असल ऋणी, असल बचतकर्ता तथा सेवाकेन्द्रहरुको असल फिल्ड कार्यकर्ताहरुलाई दोसल्ला ओढाई सम्मान पत्र सहित प्रोत्साहित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: