मनोज यादव—
सर्लाही,असाढ २४
सर्लाहीको सदरमुकाम पछि लालबन्दी नगरपालिकाले पनि आफ्नै लोगो जारी गरेको छ ।
लालबन्दी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि नगरको समग्र परिचय झल्कने लोगो (प्रतीक चिह्न) सार्वजनिक गरेको हो।
नगर प्रमुख बासुदेव अधिकारी र उप–प्रमुख कल्पना माया पाख्रिनले संयुक्त रूपमा उक्त प्रतीक चिह्न सार्वजनिक गरेका हुन् ।
लालबन्दी-७ निवासी कोमल प्रसाद गौतमले तयार पारेको उक्त लोगो विभिन्न छनोट चरण पार गरेर परिषद्ले सिफारिस गरेको आधारमा सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ।
यसअघि मलंगवा नगरपालिकाले आफ्नो ४२ औं दिवसको अवसर पारेर आफ्नै नगर लोगो सार्वजनिक गरेका थिए।मलंगवा न.पा ले आफ्नै नगर गान पनि जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्: