Loktantra Khabar National Weekly
Ad

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

लोकतन्त्र खबर
२४ असार २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,असार २३

सर्लाहीको हरिपुर नगरपालिका वडा न-१, जानकीनगरमा मोटरसाइकलबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा।सोही ठाउँ बस्ने वर्ष ३८ को इन्द्रहरि पोखरेल रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी आनुसार पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात थप उपचारको लागि बिरगंज तर्फ लैजाने क्रममा बाटोमै रौतहटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: