Loktantra Khabar National Weekly
Ad

मलंगवा स्थित प्लाई उद्योगमा आगलागी,एक करोड भन्दाबढीको क्षति

लोकतन्त्र खबर
२४ असार २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ २३

सर्लाहीको सदरमुकाम मलंगवामा संचालित एक भेनियर(प्लाई)उद्योगमा आगलागी हुँदा झण्डै एक करोड भन्दा बढीको क्षति भएको छ।

मलंगवा न.पा वडा न-४ मा संचालित नेपाल भेनियर उद्योगमा शनिवार बिहान करिब ३ बजेको समयमा स्टीम बनाउने ब्रोइलर मेसिन पडकिएर आगलागी भएको उद्योगका संचालक नागेश्वर यादवले जानकारी दिए।

उक्त आगलागीबाट प्लाई बनाउनका राखिएका कच्चा पदार्थ समेत जलेर नष्ट भएको यादवले जानकारी दिए।

आगलागी भएको बेला पानी परिरहेकोले तयार गरि राखिएका प्लाइहरु भनेनजोगिएको छ। मेसिन पडकिएर बिगि्रएकोले मर्मत सम्भार गरेर उद्योग पुनः सुचारु गर्न ३ महिना जति समयनलाग्ने संचालक यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्: