Loktantra Khabar National Weekly
Ad

सुनको भाउ २ सय बढ्यो

लोकतन्त्र खबर
१७ असार २०८१

काठमाडौं असार १६ , सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: