Loktantra Khabar National Weekly
Ad

सुनको भाउ ४ सय बढ्यो

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

काठमाडौं  जेठ १५,  मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: