Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट घट्यो सुन

लोकतन्त्र खबर
४ जेष्ठ २०८१

काठमाडौं जेठ ४, बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ कम हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: