Loktantra Khabar National Weekly
Ad

वर्षाका बिच आजपाद्वारा भन्सार विभाग धर्ना

लोकतन्त्र खबर
३० बैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आइतबार पनि भन्सार विभाग घेराउलाई निरन्तरता दिएको छ ।  भन्सार नियमावलीमा रहेका प्रावधानविरुद्ध आन्दोलित आजपाले वर्षाका बिच आइतबार पनि विभागमा धर्ना लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।

वैशाख २० देखि चौथो चरणको आन्दोलनमा रहेको आजपाले आज दशौँ दिन पनि धर्ना दिएको र आफूहरुको माग पूरा नभएसम्म चुप लागेर नबस्ने उनको भनाइ छ ।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गरिनुपर्ने उनको भनाइ छ ।  भन्सार कानुनमा रहेको ४५ पुरस्कारको प्रावधान हटाउन लगायतका माग सहित आजपाले चौथो चरणको आन्दोलन घोषणा गरेको उनको भनाइ छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: