Loktantra Khabar National Weekly
Ad

मुन्दुम पदयात्रामा पूर्व पर्यटनमन्त्री किराँती

लोकतन्त्र खबर
१० बैशाख २०८१

काठमाडौं  वैशाख १०, पूर्व पर्यटनमन्त्री सुदन किराँती मुन्दुम पदयात्रा मार्गको पदयात्रामा निस्किएका छन् ।

२ वैशाखमा खोटाङबाट पार्टी नेता कार्यकर्तासँग भेटघाटमा निस्किएका मन्त्री किराँतीले ५ दिन मुन्दुम पदयात्रा गरेका हुन् ।

यात्राका क्रममा सोलुखुम्बु, संखुवासभा र भोजपुरको संगमस्थलका रुपमा अवस्थित ४,३५५ मिटर उचाइको सिलिचुङ पहाड पनि चढेका छन् ।

सोही स्थानमा आयोजित किरात राईहरुको पुर्खा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण समेत किराँतीले गरेका थिए ।

अहिले भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित विभिन्न गाउँहरुमा जनयुद्धका शहीद परिवार र घाइतेहरूसँग भेटघाट गरेका छन् । उनले यो यात्रा वशन्त यामभर चलाउने समेत बताएका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: