Loktantra Khabar National Weekly
Ad

एकैदिन २९ सय बढ्यो सुन

लोकतन्त्र खबर
२५ चैत्र २०८०

काठमाडौं  चैत २५, सुनको भाउ एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: