Loktantra Khabar National Weekly
Ad

पर्यटन प्रवर्द्धन गर्न दोस्रो जिरी महोत्सव सुरू हुँदै

लोकतन्त्र खबर
२२ चैत्र २०८०

दोलखाको जिरीमा ‘दोस्रो जिरी महोत्सव २०८०’आयोजना हुने भएको छ।

जिरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी शुक्रबारदेखि वैशाख २ गतेसम्म महोत्सव हुन लागेको हो।

महोत्सवमा जिरीको मौलिक स्थानीय संस्कृति, उत्पादन, गुराँस, किवी, ट्राउट, चौरी, चिज र छुर्पीलगायत प्रदर्शनी गरिनेछ।

प्रदशनीमार्फत् दोलखाका स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्नुको साथै जिरीका सुन्दर प्रा‌कृतिक पर्यटकीय स्थलहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार-प्रसार गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संघले जनाएको छ।

जिरीलाई नेपालको स्विजरल्याण्ड र सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ। जिरी काठमाडौंबाट एक सय ८८ किलोमिटर र सदरमुकाम चरिकोटबाट ५६ किलोमिटर दूरीमा पर्छ।

जिरीभित्रका पर्यटकीय गन्तव्यहरू जिरेश्वरी मन्दिर, हलेश्वरी मन्दिर, ढुङ्गेश्वरी मन्दिर, जिरी बजार, ठूलोनागी, हनुमन्ते डाँडा, सिकी गाँउ, लावती करना, खावा डाँडा, स्टोनपार्क, बुद्धपार्क, राम्बोले देवी, चेर्दुङ्ग डाँडा, चेर्दुङ्ग चिज उत्पादन केन्द्र, चेन्चाे डाँडा, कालोभिर, चियाबगान, पाँच पोखरी, जट्टा पोखरी आदि रहेका छन्।

प्रचार-प्रसार तथा विकास गरी सुन्दर पर्यटकीय नगरी जिरीलाई अझ सुन्दर बनाउने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले प्रवर्द्धनका कार्यक्रमहरू गरिरहेका छन्। यसपालि भने नयाँ वर्ष २०८१ को अवसर पारेर एक साता लामो महोत्सवको आयोजना गर्न लागिएको हो।

महोत्सवमा हुने कार्यक्रमहरू:

दोलखा जिल्लाका मौलिक उत्पादनको प्रदर्शनी

सास्कृतिक झाँकी तथा कला संस्कृतिकाे प्रदर्शनी

मौलिक खाना तथा परिकारहरू (शेर्पा, जिरेल, तामाङ, नेवारी आदि)

नेपाली कागजका विविध उत्पादनहरूको प्रदर्शनी (गहना, कपडा, सामग्री आदि)

राष्ट्रिय कलाकारहरूद्वारा सांगीतिक प्रस्तुति

वृत्तचित्र प्रदर्शनी

पदयात्रा

प्याराग्लाइडिड

विभिन्न सांस्कृतिक प्रतियोगिता

विद्यालय नृत्य प्रतियोगिता

वयस्क भलिबल प्रतियोगिता सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: