Loktantra Khabar National Weekly
Ad

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

लोकतन्त्र खबर
१५ चैत्र २०८०

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो।

यता धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित गङ्गा सागर पोखरीमा डुबेर महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भइ हाल सोही उपमहानगरपालिका–८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झाको बुधबार दिउँसो मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: