Loktantra Khabar National Weekly
Ad

ओटिएममा नेपालका २३ निजी कम्पनीको सहभागिता

लोकतन्त्र खबर
२५ माघ २०८०

एसियाकै ठूलो मानिने पर्यटन मेलामध्ये आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम)भारतको मुम्बईमा बिहीबारदेखि सुरू भएको छ। तीन दिनसम्म चल्ने मेलामा टानको नेतृत्वमा नेपालका २३ पर्यटन व्यवसायीहरू सहभागी छन्।

पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को अगुवाईमा पर्यटन व्यवसायीहरू मेलामा सहभागी हुन पुगेका हुन्।

विगतका वर्षहरूमा नेपाल पर्यटन बोर्डमार्फत विभिन्न क्षेत्रका व्यवसायीहरू यस्ता कार्यक्रममा पुग्थे। तर यस वर्ष बोर्डको अन्तरिक कारणले सहभागिता नभएपछि टानले यसको नेतृत्व लिएको प्रथम उपाध्यक्ष प्रदिप पण्डितले बताए।

‘पर्यटन प्रवर्द्धनका लागि विगतमा बोर्डबाट सबै जसो व्यवसायीहरू यी लगायत थुप्रै कार्यक्रममा सहभागी हुने गरेको थिए,’ उनले भने, ‘यसपालि बोर्डले प्रवर्द्धनका लागि सक्रियता देखाउन सकेन। भारतमा हुने विभिन्न ठूला मेलामा नेपालको उपस्थिति सुनिश्चित गर्न टानले  नेतृत्व लिएको हो।’

तिन दिनसम्म चल्ने मेलामा टानको नेतृत्वमा नेपाल का २३ पर्यटन व्यवसायीहरू सहभागी भएका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: