Loktantra Khabar National Weekly
Ad

दुई दिनमा सुनको मूल्य १ हजार घट्यो

लोकतन्त्र खबर
२२ माघ २०८०

काठमाडौं  माघ २१, दुई कारोबार दिनमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँ कम हो । शुक्रबार तोलामा १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६ सय रुपैयाँ घटेको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १३९५ रुपैयाँ रहेको चाँदी सोमबार १३९० मा झरेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: