बखतियार अलि-
सर्लाही १५ फागुन । सर्लाहीको सदरमुकाम मलंगवामा ब्यापार व्यबसायमा ब्यापक तरलता सृजना भएकाे छ । हाेटल ब्यबसायी महेन्द्र राउतका अनुसार काेराेना महामारी देखि थलाे परेकाे ब्यापार काेराेना महामारी सकिदा समेत उभानाे लिन सकेकाे छैन । मानिसहरूकाे अावागमन पातलिदै गएपछि ब्यापार साेचे जतिकाे भएकाे छैन ।
स्टापहरूलाई तलब दिन समेत नसकेकाे उनकाे गुनासाे छ । त्यसतै काउन्टर ब्यापार किराना पसल, फैनसी पसल र हाडवेयरका सरसामानकाे बिक्रीवितरण गर्नेहरूकाे पनि उसतै गुनासाे छ । काेराेना महामारी पुर्ब ब्यापार राम्रो चलेकाे थियाे । काेराेना महामारी पछि बिक्रीवितरणमा ठुलाे तरलता अाएकाे ब्यापारी कैलास साहकाे भनाइ छ ।
ठुलाे ब्यापारी भन्दा सानाे र मझौला ब्यापारीहरू ब्यापार व्यबसाय नचलेर विदेश पलायन हुने अवस्था बढदै गएकाे मलंगवा शु-हाउसका संचालक भिखारी मिकरानीकाे भनाई छ । घर धनीहरूले घर भाडामा कुनै कमि गरेकाे छैन । मन्दी बढदै जादा पनि घरभाडा बढेकै छ । यसताे अवस्थामा ब्यापार चलेकाे छैन ।
बरू बिक्रीवितरणबाट अाएकाे अामदानी घर धनीलाई बुझाउदै बसेकाे ब्यापारी नागेन्द्र राउतले भने । ब्यापार व्यबसायकाे अवस्था निकै खराब छ । यसतै अवस्था रहने हाे, भने मलंगवा बजारका धेरै सटरहरू खाली हुने राउतकाे भनाई छ ।

